शोएब मलिकले ब्याक टु ब्याक छक्का हानेर पालैपालो फुटाइदिए झ्यालका सिसा (भिडियो)

डिसी नेपाल
२५ साउन २०७६ १६:४१

काठमाडौं। विश्वकप २०१९ का क्रममा अन्तर्राष्ट्रिय करिअरबाट सन्या लिइसकेका पाकिस्तानी ब्याट्सम्यान शोएब मलिक शानदार फर्ममा छन् । ३७ वर्षका शोएब ग्लोबल टि–२० मा आफ्नो शानदार ब्याटिङका कारण चर्चामा छन् । पछिल्लो खेलमा उनले यस्ता छक्का हाने कि झ्यालका सिसा चकनाचुर भए । शोएब मलिक यो प्रतियोगितामा अहिलेसम्म एक पटक पनि आउट भएका छैनन् । उनले ४ इनिङमा आउट नभइ १४९ रन बनाएका छन् ।

मलिकले बिहीबार ब्रेम्पटनमा भेंकुभर नाइट्सको कप्तानी गर्दै तुफानी ब्याटिङ गरे । प्रतियोगिताको क्वालिफायर १ मा उनले ब्रेम्पटन वुल्भसविरुद्ध २६ बलमा ४६ रनको नटआउट इनिङ खेले । न्यूजिल्याण्डका स्पिनर इश सोढी १६ ओभरको खेलमा १३ औं ओभर बलिङ गर्दै थिए । ओभरको दोस्रो बलमा मलिकले कभरमाथि ६८ मिटर लामो छक्का हाने । बल सिधै एउटा झ्यालको सिसामा ठोक्कियो र सिसा चकनाचुर भयो ।

रोचक कुरा त के भने मलिक यत्तिकैमा रोकिएनन् । उनले अर्को सिसा पनि चकनाचुर पारे । यो छक्का उनले आफ्नै देशका वहाब रियाजको बलमा हानेका थिए । यो छक्का हान्दा पनि बल गएर सिसिए सेन्टरको सिसामा ठोक्कियो र सिसा चकनाचुर भयो । शोएब मलिकको टिमले यो खेल जित्न सफल भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *