क्यान प्रदेश नम्बर १ को अध्यक्षमा मिङ्मा निर्वाचित

डिसी नेपाल
२५ साउन २०७६ १७:११

काठमाडौं । प्रदेश नम्बर १ प्रादेशिक क्रिकेट संघको अध्यक्षमा मिङ्मा डन्डु शेर्पा निर्वाचित भएका छन् । शनिबार सम्पन्न साधारणसभाले शेर्पाको अध्यक्षतामा १३ सदसीय कार्यसमित चयन गरेको हो ।

संघको उपाध्यक्षमा नविन घिमिरे, सचिवमा मनोज कटुवाल र कोषाध्यक्षमा बिरु तामाङ निर्वाचित भएका छन् । उपाध्यक्षबाहेक सबै सदस्य सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा सुनिल कार्कीले पनि उम्मेद्वारी दिएका थिए ।

सदस्यमा अनुप ढुंगाना, मन बहादुर राई, प्रदिप राज पाण्डे, नारद नेपाल,गणेश खतिवडा, अजय राजवंशी, टिकाराम पुरी, सचित आनन्द सुब्बा र सुमेश कुमार हलुवाई निर्वाचित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *