‘एसएमइ फायर २०१९’ भदौमा हुने

डिसी नेपाल
२५ साउन २०७६ १७:४३

काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालले आगामी भदौ १९ गतेदेखि राजधानीमा ‘एसएमइ फायर २०१९’ गर्ने भएको छ।

महासंघले शनिवार पत्रकार सम्मेलन गरि ‘एसएमइ फायर २०१९’ बारे जानकारी गराएको हो। विश्व पर्यटन दिवसको सन्र्दभ पारेर महासंघले फायर आयोजना गर्न लागेको हो।

काठमाडौंको भृकुटीमण्डपमा भदौ १९ देखि २३ गतेसम्म हुने ‘एसएमइ फायर २०१९’ मा हस्तकला, काष्ट निर्मित, श्रृंगार, अल्लो र ढाकाका कपडा, छ्वाली, बांसबाट र्निमित सामाग्रीको साथै खाद्य परिकारका १ सय स्टल रहने छन्।

प्रर्दशनीमा विभिन्न संस्कृति झल्किने झाँकीको साथै ख्यातीप्राप्त कलाकार सहभागी सांस्कृतिक कार्यक्रम पनि गरिने महासंघले जनाएको छ। महासंघका अध्यक्ष बाबुकाजी महर्जनले महासंघ संग आवद्ध भएका व्यवसायीहरुको उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रर्दशनीमा सकेसम्म वस्तु विविधतालाई प्राथमिकता दिईने बताए।

महासंघले प्रर्दशनीमा सहभागी व्यवसायीहरुलाई चीनको हाईनानमा रहेको स्थायी विक्रि केन्द्रमा स्टल राख्नका लागि प्राथमिकता दिने जनाएको छ। हाईनान फाया फाया इन्भेष्टमेण्ट कम्पनी चाईनाले महासंघलाई हाईनन प्रान्तको बोआयो शहरमा १ सय भन्दा विक्रि केन्द्र(स्टल) निशुल्क उपलब्ध गराएको छ।

बोआयोमा निशुल्क प्रदान गरिएको १ सय वटा विक्रि केन्द्र (स्टल)ले नेपालका व्यवसायीलाई आफ्ना उत्पादनको बजार प्रवद्र्धन र अन्तराष्ट्रियकरणका लागि ठुलो मद्दत पुरयाउने विश्वास महासंघका अध्यक्ष महर्जनले व्यक्त गरे।

समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन एक घर एक व्यवसायप्रति प्रतिवद्ध भई व्यवसायीक एकतालाई मजबुत बनाउदै अन्तराष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्दे आएको छ।

महासंघको नेतृत्वमा समय समयमा व्यवसायीहरु अन्तराष्ट्रिय प्रर्दशनीहरुमा सहभागी भई आफ्ना उत्पादनको बजार प्रर्वद्धन पनि गर्दे आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *