एपीएफका बिजय र बलिरामको जोडि च्याम्पियन
![एपीएफका बिजय र बलिरामको जोडि च्याम्पियन](https://www.dcnepal.com/wp-content/uploads/2019/08/4-3.jpg)
काठमाडौं। पाँचौं सेब टू ए साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफका बिजय थापा र बलिराम चौधरीको जोडिले जितेको छ। शनिवार भएको फाईनल खेलमा बिजय र बलिरामको जोडिले आयोजक ढोरपाटन भलिबल क्लबका मनवीर छन्त्याल र सोभित रानामगरलाई २२–२० र २१–१७ को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो।
उपाधि बिजेता एपीएफका बिजय थापाले सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते भने उपबिजेता टिमका सोभित रानामगरले बेष्ट डिफेन्सको उपाधि हात पारे।
सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजनमा नयाँ बसपार्क स्थित आयोजक ढोरपाटन भलिबल क्लबको कोर्टमा तेश्रो स्थानका लागि भएको खेलमा बागलुङका प्रकाश बिसि र तिलक कुवारले बाजी मारे ।
प्रतियोगिताको विजेता जोडिले १ लाख, उपविजेता जोडिले ५० हजार, तेश्रो र चौथो हुने जोडिले क्रमशः २५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । तीन दिने प्रतियोगिताका बिजेता जोडिलाई मुख्य प्रायोजक सेब स्कुलका संस्थापक प्रिन्सिपल युवराज थापा, संस्थापक निर्देशक मधुमाया थापा, आयोजक ढोरपाटन भलिबल क्लबका उपाध्यक्ष किरण घायललगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको थियो ।
Facebook Comment