आगामी चुनावमा काँग्रेस पहिलो पार्टी बन्छ : शसांक

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा बिजयी गराउने प्रतिवद्धता व्यक्त गरे।
आफुले जनताको लागि राजनीति गरेको उल्लेख गर्दे महामन्त्री कोइरालाले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गराई राष्ट्रको रुपान्तरण गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा केन्द्रीय सदस्य नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए। राजनीतिक दलले काम गर्न सकेनन् भनेर राजसंस्था नै ठिक भन्ने भनाई पनि सुनिन थालेको भन्दै उनले राज्यव्यवस्था नभई दल र तीनका नेतृत्वकर्ताले पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए।
कार्यक्रममा नारी जागृति समाजद्धारा प्रेरक अभियन्ता भुवन गिरीको बारेमा प्रकाशित ‘भुवन’ पुस्तक विमोचन गरिएको थियो ।
Facebook Comment