त्रिशूली बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ८ पुग्यो (नामावलीसहित)

डिसी नेपाल
२५ साउन २०७६ २३:२७

काठमाडौं । सर्लाहीबाट काठमाडौ तर्फ आउँदै गरेको यात्रुबाहक बस शुक्रबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

ना ६ ख ७४६९ नं को न्यु सृष्टि डिलक्स बस सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

गाडीमा कतिजना सवार थिए भन्ने एकीन थाहा नभएको प्रहरीले जनाएको छ। दुर्घटनापछि १६ जनाको भने उद्धार भैसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मृत्यु भएकाहरुको नामावली

सर्लाही बस्ने ३५ वर्षीया भारत सितामढीका अजय ठाकुर, सर्लाहीका २५ वर्षीय को बिजय कुर्मि, सर्लाही मंलङवा नगरपालिका ७ का ५५ वर्षीय जगरनाथ राय यादव, सर्लाही हरिवन नगरपालिका ४६ वर्षीय बिनोद प्रसाद उप्रेती रहेका छन्।

त्यस्तै सर्लाही मलंगवा १ का सुनिल कुमार श्रीवास्तव, सर्लाही मलंगवा १ का सुनिल कुमार श्रीवास्तवको श्रीमती  निमा श्रीवास्तव, महोत्तरीको बर्दिबास नगरपलिका ६ किसाननगरकी २५ वर्षीय सरिता कुमारी महत्तो र सरिताकै ६ वर्षीय छोरा आशिष कुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *