जम्मू कश्मीरमा व्यापाक प्रदर्शन, केही हताहती भएको दावी (भिडियो)

डिसी नेपाल
२५ साउन २०७६ २३:२६

नयाँ दिल्ली (एजेन्सी) । भारत सरकारले जम्मू कश्मीरको विशेषाधिकार खारेज गर्ने विवादास्पद निर्णय गरेपछि जम्मू कश्मीरमा प्यापक विरोध प्रदर्शन भएको बताइएको छ । बीबीसी हिन्दीका अनुसार शुक्रबार र शनिबार जम्मू कश्मीरमा व्यापाक प्रदर्शन भएको छ ।

भारतीय सरकारले भने त्यस्तो कुनै प्रदर्शन नभएको सामान्य प्रदर्शन भएको जनाएको छ । यद्यपी बीबीसीले जारी गरेको भिडियोमा हजारौ मासिनहरु प्रदर्शनमा आएको देखिएको छ । प्रदर्शनकारीमाथि भारतीय सुरक्षाकर्मीले प्लेटगन पनि चलाएको बताइएको छ। अश्रृग्यास पनि प्रहार गरेको जनाइएको छ ।

तर, प्रदर्शनको पूर्ण विवरण भने आउन सकेको छैन । सरकारले त्यहाँ कडा कर्फ्यू लगाएकोले प्रदर्शनमा भएको क्षतिबारे पुष्टि गर्न नसकिएको बीबीसी हिन्दीले जनाएको छ। बीबीसीकाअनुसार शनिबार कर्फ्यू केही खुकुलो पारिएको छ। सरकारले बरकइदलाई मध्यनजर गरेर कफर््यू खुकुलो बनाएको बताइएको छ । बकरइदपछि जम्मु कश्मीरको अवस्था अझ खराब हुने अनुमान गरिएको छ।

यसैबीच प्रमुख प्रतिपक्षी दल काँग्रेसले कश्मीरको अवस्था नाजुक रहेको रिपोर्ट आएको भन्दै चिन्ता प्रकट गरेको छ । काँग्रेसका निवर्तनमा अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कश्मीर उपत्याकाको वास्ताविक अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *