नदी किनारमा घुमिरहेकी विदेशी युवतीले अचानक कपडा खोलेर नदीमा हाम्फालेपछि…

डिसी नेपाल
२६ साउन २०७६ ११:५२

एजेन्सी। राजस्थानको जयपुरमा द्रव्यवती नदीमा एक युवतीले अचानक हाम्फालिन् । घटनाको केही बेर अघि ती युवती नदीको किनारमा घुमिरहेकी थिइन् । अचानक उनले कपडा खोलिन् र नदीमा हाम्फालिन् । हेर्दाहेर्दै युवती पानीको तेज बहावमा बग्न थालिन् । त्यहाँ भएका मानिसहरु हल्ला गर्न थाले । त्यहाँ तैनाथ गार्डले तत्काल पुलिसलाई फोन गरे ।

आज तकको समाचार अनुसार तत्कालै पुलिस पुग्दा नदीमा केही पर युवतीको टाउकोको कपाल देखिएको थियो । मानसरोवर थानाका थानेदार सुरेन्द्र यादवले तत्कालै नदीमा हाम्फाले । पछिपछि कन्स्टेबल गणेश पनि पानीमा हाम्फाले । निकै परिश्रमपछि युवतीलाई बचाए । रिपोर्टमा अनुसार यी युवती विदेशी मूलकी हुन् । उनको नाम मिशेल भएको बताइएको छ । जब सुरेन्द्र युवतीलाई बचाउने प्रयास गरिरहेका थिए त्यतिबेला युवतीले उनको विरोध गरिरहेकी थिइन् । यद्यपि उनले युवतीलाई बाहिर निकाले । बाहिर निकालेपछि पनि युवती नदीमा हाम्फाल्ने प्रयास गरिरहेकी थिइन् । उनले किन यतो गरिन् भन्ने विषयमा जाँच भइरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *