विमानमा एयरहोस्टेसले रक्सी पिएर उभिनै नसक्ने भएपछि …

डिसी नेपाल
२६ साउन २०७६ १४:४४

काठमाडौं। एक विमानमा एयरहोस्टेस यति धेरै नशामा थिइन् कि उनलाई यो समेत थाहा थिएन कि विमान कहाँ ल्याण्ड गरेको छ । अमेरिकाको युनाइटेड एक्सप्रेसको उडानमा काम गरिरहेकी एयरहोस्टेसको हालत निकै खराब भएको थियो र यात्रुले नै उनलाई सहयोग गर्नुपर्यो । अमेरिकाको भिस्कन्सिनकी जुलिआने नामकी यी एयरहोस्टेसलाई जागिरबाट निकालिएको छ ।

उनीविरुद्ध मुद्दा दायर गरिएको छ । जाँचमा आएको नतिजाअनुसार उनले तोकिएको सीमाभन्दा ५ गुणा धेरै रक्सी पिएकी थियन् । यी एयरहोस्टेस २ अगष्टमा शिकागोबाट इंडियाना जाने बिहानको उडानमा ड्युटीमा थिइन् । उनी विमानमा आएपछि यात्रुहरुले देखे कि उनी न त ठिकसँग सुरक्षाको सन्देश दिन सकिरहेकी थिइन् न त ठिकसँग हिँड्न नै सकिरहेकी थिइन् ।

एक यात्रुले एयरलाइन्सलाई ट्वीट गरेर जानकारी दिए कि हाम्री फ्लाइट अटेन्डेन्ट नशामा छिन् । उनी उभिन पनि सकिरहेकी छैनन् र यात्रीहरुको सामान पनि खसालिरहेकी छिन् । एक अन्य यात्रीका अनुसार विमानमा एकमात्र फ्लाइट अटेन्डेन्ट थिइन् । उनको फोन लगातार बजिरहेको थियो र उनी उठाइरहेकी थिइनन् । पाइलटले पनि उनीसँग कुरा गर्न सकिरहेका थिएनन् । गिरफ्तारीपछि सोधपुछको क्रममा महिलाले आफूले उडानभन्दा अघि भोड्का पिएको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *