बकरीदमा भारतले दियो यस्तो उपहार, पाकिस्तानले लिन मानेन
काठमाडौं। जम्मु कश्मिरलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० खारेज भएपछि अहिले भारत र पाकिस्तानबीच तनावको स्थिति छ । यो सम्बन्ध निकै हदसम्म बिग्रिएको अनुमान गरिएको छ । यही बीच उनीहरुको विवाद एकपटक पुनः सतहमा देखिएको छ ।
आज बकरीद अर्थात ईद–उल–अजहाका अवसरमाविवाद सतहमा आएको हो । आज बकरीदको अवसर पारेर भारत–पाकिस्तान सीमामा भारतले पाकिस्तानलाई मिठाइ उपहार दिएको थियो । यो उपहार पाकिस्तानले लिन अस्वीकार गरेको छ । यसअघि पाकिस्तानले सम्झौता एक्सप्रेस, थार एक्सप्रेस र लाहोर बस सेवा बन्द गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment