१७ वर्षकै उमेरमा काकाको छोरासँग जबरजस्ती बिहे गराइदिएपछि …

डिसी नेपाल
२७ साउन २०७६ १४:२९

काठमाडौं। एक किशोरीका अभिभावकले उनी १७ वर्षकी हुँदा नै जबरजस्ती कजन (काकाको छोरा)सँग बिहे गराइदिए । तर, किशोरीले निश्चय गरिन् कि उनी यो बिहेको बन्धनमा आजीवन बस्ने छैनन् । नायला खान नामकी यी युवतीको विगत अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

नायलाको अन्तरवार्ता हालै बीबीसी स्कटल्याण्डको एक टिभी शोमा देखाइएको थियो । बेलायतमा जन्मिएकी यी मुस्लिम किशोरीलाई उनका अभिभावकले जबरजती पाकिस्तान लिएर गएका थिए र १७ वर्षको उमेरमा कजनसँग बिहे गराइदिएका थिए । त्यसपछि उनी स्कटल्याण्ड फर्किइन् । उनका पति केही दिनपछि आउनेवाला थिए । तर, पति आउनुभन्दा पहिले नै उनी घरबाट भागिन् ।

स्कटल्याण्डको एडिनबर्गमा बस्ने नायला अहिले ३० वर्षकी भइन् र एक किताब लेख्दैछिन् । एक फेसबुक पोस्टमा उनले लेखेकी छिन् कि उनीजस्तै स्थितिको सामना गरेका कैयौं महिलाहरु उनीसँग सम्पर्क गरिरहेका छन् तर उनी सबैलाई जवाफ दिन सकिरहेकी छैन । उनले महिलाहरुलाई स्थानीय संगठनको सहयोग लिन सुझाव दिएकी छिन् ।

नायलाका अनुसार उनी ‘अधिक पश्चिमा’ भएका कारण उनका अभिभावकले उनको बिहे गराइदिने निर्णय गरेका थिए । उनका अभिभावकलाई लाग्न लागेको थियो कि छोरी ‘नियन्त्रणबाट बाहिर’ गइरहेकी छिन् । जबरजस्ती बिहेपछि नायला घरबाट भागेर एक साथीँग बस्न थालेकी थियन् । उनी करिब १ वर्षसम्म यतैगरी बसिन् । आफन्तहरुले उनलाई भन्नू नभन्नू भन्न थालेका थिए । अन्ततः उनी घर फर्किन् । माजको विरोधका बावजुद अभिभावकले उनलाई घरमा स्थान दिए । अभिभावकको यो फैसलाले उनी आफैं छक्क परेकी थिइन् । उनका अनुसार उनका अभिभावकले मायालाई धर्मभन्दा माथि राखेर यो फैसला गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *