रुसमा सरकार विरोधी प्रदर्शन, युट्युबमाथि दोषारोपण

डिसी नेपाल
२७ साउन २०७६ १७:०५

मस्को (एजेन्सी) । रुसमा निष्पक्ष निर्वाचनको माग गर्दै झन्डै ६० हजार मानिस विरोधप्रदर्शनमा ओर्लिएका छन् । त्यहाँ भएको राजनीतिक प्रदर्शनलाई सन् २०११ यताकै सबैभन्दा ठूलो मानिएको छ ।

मानिसहरूलाई युट्युबमार्फत् अनधिकृत ¥यालीबारे जानकारी दिएर ‘हस्तक्षेप’ गरेको आरोप रुसको सञ्चारसम्बन्धी नियामक निकायले लगाएको छ । उसले युट्युबको मातृसंस्था गुगलले सरकारीविरोधी प्रदर्शन भड्काएको दाबी गरेको छ । रोस्कोम्नाड्जरले गुगललाई त्यस्ता गतिविधि बन्द गर्नै भन्दै अटेर गरे उचित प्रतिक्रिया जनाउने आफ्नो अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ ।

अटेर गरिए त्यसलाई रुसको सार्वभौम मामिलामा हस्तक्षेप तथा प्रजातान्त्रिक निर्वाचनमा अवरोध गरेको रूपमा लिइने उक्त निकायले जनाएको छ । रोस्कोम्नाड्जोरका अनुसार रुसी युट्युब प्रयोगकर्ताहरूलाई गैरकानुनी ¥याली प्रवर्धन गरिएका नोटिफिकेशन आएको थियो ।

शनिवार मस्कोमा भएको र्यालीमा दशौँ हजारले भाग लिएका थिए । तीमध्ये झन्डै पाँच सय राष्ट्रपति पुटिनको कार्यालयतर्फ अघि बढेका थिए । सो क्रममा दर्जनौँ पक्राउ परेका छन् । कैयौँ मस्कोवासीहरू सेप्टेम्बरमा हुन लागेका नगरपालिका निर्वाचनमा विपक्षी उम्मेदवारलाई वञ्चित गरिएकोमा रुष्ट छन् ।

विरोधप्रदर्शनमा सहभागी हुन युट्युबले सूचित गरेको रुसी दाबी छ । तर बितेका साताहरूमा त्यस्ता प्रदर्शनमा भएका भनिएका प्रहरी ज्यादतीले तिनको रिस बढेको छ ।
कतिपय प्रदर्शनकारीहरूले ‘हामीलाई मताधिकार देऊ’ तथा ‘तिमीले झुट बोलेको अति भयो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *