काश्मिरमा सुरक्षा व्यवस्था झन् कडा

डिसी नेपाल
२७ साउन २०७६ १७:३१

श्रीनगर (रासस/एएफपी) । सोमवार सुरु हुने इद अल अधा पर्वको पूर्वसन्ध्यादेखि नै काश्मिरका सबैजसो मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय अधिकारीले बताएका छन् । यस हिमाली क्षेत्रमा रहेका ठूला जामा मस्जिदलाई बन्द गर्ने आदेश दिइएको छ । स¬–साना मस्जिद मात्र खुल्ला राखिएको र ती मस्जिदमा ठूलो भिडभाड नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गएको दुई दिनयता यहाँ कर्फ्यू खुकुलो पारिएको बताइएको थियो तर यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ । जम्मु काश्मिरलाई नियन्त्रण लगाई केन्द्र सरकारको मातहतमा राख्ने कदमको विरोध भएका कारण काश्मिरमा आठ दिनदेखि सुरक्षा व्यवस्था कडा गरिएको समाचारमा जनाइएको छ ।

मुसलमानको बाहुल्य भएको जम्मू् काश्मिर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मी गस्तीमा रहेका र फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ । गत बिहीवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिीरका नागरिकलाई इद उल अधा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए । जम्मू काश्मिरलाई विशेष महत्व दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपछि काश्मिरमा विरोध भइ आएको छ ।

भारत सरकारको यो कदमपछि विश्वको आँखा भारत प्रशासित काश्मिरको अवस्थाप्रति केन्द्रित रहेको छ । मुसमान समूदायको ठूलो पर्व इदको लागि भारतको नियन्त्रणमा रहेको काश्मिर प्रशासनले आइतबार कतिपय इलाकामा कर्फ्यू खुकुलो पारेको थियो ।

कर्फ्यू खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको सोमवारको इदको किनमेल गर्न सबै जना बाहिर निस्किएका थिए । त्यस प्रयोजनका लागि सवारी साधन पनि केही खुकुलो पारिएको थियो ।

आइतवार दिउँसोको १२ बजेसम्म सडकमा नागरिक र सवारी साधनको आवतजावत बढेको काश्मिरबाट प्राप्त भएका समाचारमा जनाइएको थियो । आइतबार कतिपय स्थानमा ट्राफिक जाम पनि भएको बताइएको थियो । अचानक १२ बजेपछि सुरक्षा व्यवस्थामा कडा गरिएको र मानिसको चहलपहल स्वात्तै घटेको थियो । त्यहाँ अहिले पनि सञ्चार तथा सूचनाका साधन पनि प्राय बन्द छन् । निरन्तरको कफ्र्यू र सञ्चारको अभावमा त्यहाँको अवस्था के कस्तो छ भन्ने बारेमा केही सूचना प्राप्त हुन नसकेको स्थानीयको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *