अमेरिका–तालिबानको वार्ता सकरात्मक

डिसी नेपाल
२७ साउन २०७६ २०:५२

काबुल (रासस/एएफपी) । संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ । यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद्दीनले कतारको राजधानी दोहामा भएको सो वार्ता गए राति सम्पन्न भएको जानकारी दिए । उनका अनुसार अमेरिकासँगको आठौँ चरणको वार्ता दोहामा गए राति सम्पन्न भएको छ र यस वार्ता सकारात्मक भएको छ ।

वार्तामा भएका प्रगतिबारे आ–आफ्ना नेतालाई जानकारी गराउने र आगामी प्रक्रियाका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा थप स्पष्ट गरिने सहमति भएको पनि प्रवक्ता मुजाहिद्दीनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । वार्ता निकै प्रभावकारी भएको छ र यस विषयमा आ–आफ्ना नेतृत्वलाई जानकारी गराउने कुरा भएको छ– उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् । काबुलमा रहेको अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर समाचारमा यो पछिल्लो चरणको वार्ता सकारात्मक भएको आएको छ ।

अफगानिस्तानका लागि अमेरिकी शान्तिदूत जलमी खालिजादले आइतबार ट्वीट गरेका थिए–मलाई लाग्छ अफगानिस्तान युद्धमा रहेको यो नै अन्तिम इद हुनेछ । उनको यो ट्वीटबाट पनि वार्तामा सकारात्मक प्रगति भएको अनुमान गरिएको समाचारमा जनाइएको थियो तर यस विषयमा अमेरिका र अफगानिस्तानका सरकारहरुले भने केही बताएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *