घुस मागेको अभियोगमा मुद्दा

डिसी नेपाल
२७ साउन २०७६ २२:५४

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका सिरहाका इञ्जिनीयर जगदीशप्रसाद साह र सवइञ्जिनीयर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज बनाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै डिभिजन सडक कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेलविरुद्ध समेत विशेष अदालतमा आयोगले सोमबार मुद्दा दायर गरेको छ । सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिए वापत रु एक लाख ७५ हजार घुस मागेको आरोप पौडेलमाथि लागेको छ ।

त्यस्तै आयोगले सशस्त्र प्रहरी बल नं ४ गण इनरुवाका सशस्त्र प्रहरी जवान बलराम यादवविरुद्ध पनि सोमबारै विशेष अदालतमा मुद्दा दायर गरेको छ । व्यापार व्यवसाय सहज बनाइदिने भन्दै सेवाग्राहीसँग यादवले रु एक लाख ५० हजार घुस मागेको आरोप लागेको छ ।

यसैगरी आयोगले रामनगर नगरपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कन गरिदिने र भुक्तानी सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस मागेको आरोप इञ्जिनीयर यादवमाथि लागेको छ । आरोपी यादवलाई बिगो अनुसारको जरिवाना र कैद सजायको माग गरिएको आयोगले जनाएको छ ।




प्रतिक्रिया

One thought on “घुस मागेको अभियोगमा मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *