अमेरिकी बालस्याहार केन्द्रमा आगलागी हुँदा ५ बालबालिकाको मृत्यु

डिसी नेपाल
२८ साउन २०७६ ६:१७

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार घटनाका बारेमा उनीहरुले थप अनुसन्धान गरिरहेका छन् । पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएका जनाइएको छ ।

स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनले मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि सात बर्षसम्मका रहेको बताए । आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको उनले जानकारी दिए । आगलागी भएको २५ मिनेट भित्रमै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । उनीहरुले घरको पहिलो तलाको झ्यालबाट ठूलो आगोको मुस्लो बाहिर निस्किरहेको देखेको बताएका छन् ।

तल पहिलो तलामा आगलागी भएपछि दोस्रो तलामा रहेका बालबालिकाहरु थुनिएको र बाहिर निकाल्न नसकिएको उनीहरूको भनाई छ । “अग्नि नियन्त्रकहरुले घटनास्थलमा पुग्ने वित्तिकै आगो निभाउन धेरै प्रयास गरे, तर आगो निभाउन नभ्याउँदै ती बालबालिकाहरुको मृत्यु भयो,” सान्तोनले भने ।

उनले थपे, “हामीले पाँच बालबालिकालाई बाहिर निकाल्न सफल त भयौँ, तर दुर्भाग्य उनीहरुको मृत्यु भइसकेको रहेछ ।” आफ्नै घरमा स्याहार केन्द्र चलाएकी संचालक एलाइन हारिस भने आफुलाई आगोले पोल्न थालेपछि भागेर आफै अस्पताल गएकी छन्। उनी आफै सवारी चलाएर अस्पताल गएको र भाग्दै गर्दा बाटोमा दुर्घटना भएपनि अहिले अस्पतालमा उपचार भइरहेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *