युनाईटेडसँग लज्जास्पद हार ब्यहोरेपछि चेल्सीका प्रशिक्षकको यस्तो प्रतिक्रिया
एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेलमा चेल्सीले धेरै गल्तिहरु गरेको बताएका छन् ।
आइतबार राति म्यानचेस्टर युनाईटेडसँग फराकिलो हार ब्यहोरेपछि बोल्दै लाम्पार्डले सिजनको पहिलो खेलमा धेरै गल्तिहरु भएको बताए । चेल्सी युनाईटेडसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।
‘हामीले ठुला र अन्तराष्ट्रिय खेलाडीहरु गुमाएका छौँ । तर, म यसमा कुनै बहाना चाहन्न,’ खेलपछि प्रशिक्षक लाम्पार्डले भने, ‘खेल निकै प्रतिस्प्रधात्मक थियो । तर, हामीले ४ मुख्य गल्तिहरु गर्यो । जसले हामीलाई टाढा लग्यो ।’
युनाईटेडविरुद्ध चेल्सीले पहिलो हाफमा १ गोल खाएको थियो । तर, दोस्रो हाफमा चेल्सीले थप ३ गोल व्यहोरेको थियो । यस्तै प्रशिक्षक लाम्पार्डले टिमका युवा खेलाडी प्रतिभाशाली रहेको बताउँदै आगामी दिनमा टिमको कमजोरी सुधार गरेर लैजाने बताए ।
‘मलाई विश्वास छ । टिममा निकै प्रतिभावान युवा खेलाडी छन् । तर, मुख्य कुरा खेलाडीको चोट र हामीले राम्रो खेलाडी ल्याउन सकेनौं । राम्रो गर्ने प्रयास गरिरहेका छौं । हामी यो गल्तिहरुबाट सिक्दै त्यसलाई चाडै सच्चाउने छौं ।’
Facebook Comment