आश्रममा एउटा सन्त सधैं सुखी रहन्थे, अर्का सन्त सधैं दुखी
काठमाडौं। जीवनमा सुख र दुख आइनै रहन्छन्। कहिलो काँही त हाम्रो बानीका कारणले पनि दुखको सामना गर्नुपर्छ। यदि हामी सुखी बन्न चाहन्छौं भने सबैभन्दा पहिला आफ्नो सोच परिवर्तन गर्नुपर्छ। सुख र दुखका विषयमा एउटा पुरानो लोककथा छ। जसमा हामी कसरी सुखी हुन सक्छौं भन्ने विषयमा जानकार दिइएको छ।
कथाका अनुसार प्राचीन समयमा दुई सन्त सधैं सँगै बस्थे। दुवै जना एउटै आश्रममा बस्थे। एक जनाको नाम थियो सुखी र अर्को सन्तको नाम थियो दुखी। सन्त सुखी सधैं सुखी देखिन्थे, तर दुखी सन्त भने सधैं दुखी नै थिए। त्यही कारण उनको नाम नै दुखी राखिदिइएको थियो।
गाउँमा मानिसहरु आफ्नो समस्या लिएर यी सन्तको आश्रममा जान्थे। दुवै सन्त आ–आफ्नै तरिकारले मानिसको समस्याको समाधानको उपाय बनाउँथे। दुखी सन्तको समाधान पनि निकै राम्रा हुन्थे। जसका कारण मानिसको चिन्ता हट्थ्यो। दुवै सन्तको जीवन शैली पनि यस्तै थियो। तर विचार निकै फरक थियो।
दुखी सन्त आफ्नो दुखको कारण बुझ्न सकेका थिएनन्। एक दिन उनी आफ्ना गुरु भएका ठाउँमा गए र प्रश्न गरे। मानिसहरुले मेरो अनुहारको हाउ भाव देखेर मेरो नाम दुखी राखिदिए। म पनि सन्त सुखीकै जस्तो गरी दैनिक पूजा पाठ गर्छु। प्रत्येक काम इमान्दारितासँग गर्छु। फेरि पनि मेरो जीवनमा दुख किन छ?’
गुरुले सन्त दुखीसँग भने–तिमीहरु दुवै एउटै जस्तै काम गर्छौ। तर दुवैका सुख–दुखको भाव अलग अलग छन्। सुखी सन्तको मन सधैं शान्त रहन्छ। उनी सन्तोषी पनि छन्। उनलाई आफैंमाथि भरोस छ की ठूला समस्या पनि सजिलैसँग समाधान गर्न सक्छु। त्यही कारण उनी सधैं सुखी छन्। जबकि तिमी अशान्त रहन्छौ, परिणामलाई लिएर पनि सन्तुष्ट हुँदैनौं। तिमी आफैंमाथि भरोस गर्दैनौं त्यही भएर दुखी छौ।’
यो कथाबाट के शिक्षा पाइन्छ भने मनको शान्ति र आत्म विश्वास नै व्यक्तिलाई ठूला ठूला समस्याबाट बाहिर निकाल्छ। यसका कारण आफैंलाई भरोसा गरौं, मन शान्त बनायौं। त्यसो भयो भने सुख र सफलता प्राप्त हुन्छ।
Facebook Comment