कराचीमा मुसर्रफको नातेदारका विहेमा मीकाको प्रस्तुती, भारतीय फ्यान आगो!
मुम्बई। भारतीय चर्चित गायक मीका सिंहले पाकिस्तान गएर एउटा कार्यक्रममा प्रस्तुती दिएपछि उनीमाथि उनका फ्यान खनिएका छन्। भारतसँगको कुटनीतिक सम्बन्ध तोडेको पाकिस्तानमा गएर कार्यक्रममा गीत गएको भन्दै समाजिक संजालमा मीका सिंहलाई गाली गर्नेको संख्या ठूलो देखिएको छ।
मीका सिंह केही दिन पहिला कराँची गएका थिए, जहाँ उनले पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफको नातेदारको विवाहमा प्रस्तुती दिएका थिए। उनले कराँचीका प्रस्तुती दिएको भिडियो सामाजिक संजालमा अपलोड भएपछि भारतीय फ्यान रिसको आगोमा बेकाबू भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
सामाजिक संजालमा ‘एकातर्फ भारतसँग पाकिस्तानले सबै सम्बन्ध अन्त्य गरेको छ। अर्को तर्फ यस्तो अवस्थमा मीका सिंहले पाकिस्तानमा प्रस्तुती दिँदा लाझ लाग्नुपर्ने हो’ भन्दै आक्रोश व्यक्त गरिएको छ।
एक जना समाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्–मीका सिंहको पासपोर्ट र नागरिकता रद्द गर्नुपर्छ। उनलाई पाकिस्तानमा नै बस्न दिनुपर्छ।’ अर्का एक जनाले लेखेका छन्– लाझ मान्नु पर्दैन।’ अर्का एक जनाले लेखेका छन्–पाजी तपाइँ त गद्दार निस्किनु भयो। यति धेरै दियो देशले।’
मीका सिंहले मुसर्रफको नातेदारको मेहन्दी लगाउने दिन ८ अगस्टमा आफ्नो प्रस्तुती दिएका थिए। त्यहाँ उनी १४ सदस्यीय टोलीको नेतृत्व गर्दै गएका थिए। भारतीय संचारमाध्यमका अनुसार मीकालाई त्यहाँ प्रस्तुतिका लागि १.०६ करोड रुपैयाँ दिइएको थियो।
Facebook Comment