सातो उडाउने होटलको बिल ! मानिसहरुले सोधे के अण्डाबाट सुन निस्किन्छ ?

डिसी नेपाल
२८ साउन २०७६ ११:३८

मुम्बइ। मुम्बइको फोर सिजन्स होटलले आफ्ना ग्राहकलाई २ वटा उसिनेको अण्डाको १७०० भारतीय रुपैयाँको बिल थमाइदियो । कार्तिक धर नामका एक व्यक्तिले ट्वीटरमा बिलको फोटो पोस्ट गरे र लेखे ‘मुम्बइको फेर सिजन्स का २ अण्डाको लागि १७०० रुपैयाँ ।’ यसअघि चण्डीगढको जेडब्लु मेरियाट होटलले अभिनेता राहुल बोसलाई दुई केराको ४४२ रुपैयाँको बिल थमाएको थियो । त्यसपछि चण्डीगढ उत्पाद एवं कर विभागले होटललाई २५०० रुपैयाँ जरिवाना तिराएको थियो ।

कार्तिकले राहुल बोसलाई ट्वीटमा मेन्सन गर्दै लेखे ‘आन्दोलन गर्ने ?’ बिलमा २ अमलेटको पनि १७०० लेखिएको छ । होटलले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन । एक प्रयोगकर्ताले लेखे ‘यो अण्डाबाट सुन पनि निस्कियो कि के हो ?’ अर्का एकजनाले लेखे ‘कुखुरी पक्कै धनी घपरिवारकी होली ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *