हिमाल आरोहणमा स्वास्थ्य परीक्षण अनिवार्य

डिसी नेपाल
२९ साउन २०७६ १७:४७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिभिन्न हिमाल चढ्नका लागि स्वास्थ्य परीक्षण गर्न अनिवार्य रहेको बताएका छन्।

सरकारले जेठमा गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख भए अनुसार ऐन, नियम, मापदण्डलाई समेत परिमार्जन गरी अघि बढ्ने र नयाँ मापदण्ड बनाउनुपर्ने बताएका छन्।

नेपालमा भएका हिमालहरु असुरक्षित भएको अन्य मुलुकमा छरिएको भ्रमको खण्डन गर्दै मन्त्री भट्टराईले नेपालका हिमालहरु सुरक्षित भएको दाबी गरे । उनले भने, ‘सगरमाथामा ट्राफिक जाम परेकोले ८ जनाको मृत्यु र १ जना वेपत्ता भएको भन्ने हल्लाले नेपालको पर्यटन जगतमा हिलो छ्याप्ने प्रयास भएको हो। तर त्यो सबै गलत हो।’

उनले भने, ‘सगरमाथामा ट्राफिक जाम होइन, ट्राफिक लाम हो’ फरक प्रसंगमा उनले सगरमाथालगायतका हिमाल आरोहणमा हुने अश्लिल हर्कत नगर्न समेत आरोहीलाई चेतवानी दिएका दिए।

उनले भने, ‘सभ्य तरिकाले आउनुस्, हिमाल चढ्नुस्, नेपाल सरकारले सहयोग गर्छ तर हिमालहरुमा चढेर अस्लिल हर्कत देखाएमा कार्बाहीमा पर्नसक्ने उनले संकेत गरे। प्रतिबेदनमा दिएको सुझाव अनुसार आउँदो सिजनदेखि आरोहीले सगरमाथा आरोहण गर्नुअघि ६ हजारदेखि ७ हजारसम्म उचाइ भएका हिमाल आरोहण गरेको अनुभव गर्नुपर्ने बताए।

गत जेठमा सरकारले गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो।

गत वर्ष ९१ जना सम्पर्क अधिकृत खटाएकोमा २२ जना मात्रै आधार सिविर पुगेपछि प्रतिवेदनमा बाँकी अधिकृतहरुलाई अर्को वर्षदेखि सम्पर्क अधिकृतमा नखटाउने गरी सुझाव पेश गरेको कार्यदलका संयोजक उपाध्यायले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *