जनै पुर्णिमामा सार्वजनिक विदा

मुगु। यस बर्षको जनै पुर्णिमामा नेपाल सरकारले सार्वजनिक विदा नदिए पनि यहाँको एक स्थानीय सरकारले सार्वजनिक विदा दिएको छ ।
साउन ३० गते परेको हिन्दूहरुको महान चाड मध्यको एक जनैपुर्णिमाको अवसरमा यहाँको छायाँनाथ रारा नगरपालिकाले आफु मातहतका विद्यालय, स्वाथ्य चौकी, विषयगत शाखा र अन्य कार्यालयहरुमा सार्वजनिक विदा दिएको हो ।
जनै पुर्णिमाका दिन धर्म सँस्कृतिको जर्नेना गर्न सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कवि रोकायाले बताए ।
जनै पुर्णिमाका दिन गाँउघरमा खापर, मष्टा, महादेव, खडारो, भ्यानी, वेताल, कुल देवताहरुको कुलपुजा पनि गरिन्छ ।
नगरपालिकाले बुधवारै सार्वजनिक सुचना टाँस गदै जनै पुर्णिमाका दिन सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।
जिल्लाका अन्य तीनवटा स्थानीय सरकारहरुले भने विदा नदिएको बुझिएको छ ।
Facebook Comment