व्यापार घाटा अन्त्य गर्न भारतीय लगानी आवश्यक छ : पूर्व परराष्ट्रमन्त्री महत

डिसी नेपाल
२९ साउन २०७६ २३:५९

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले व्यापार घाटा अन्त गर्न भारतीय लगानी आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरुमा एकमत भएको बताए।

नेपाली जनता विश्वकै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिने आशामा रहेको बताए। भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सृजना गर्नुपर्नेमा जोड दिए।

महतले भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको बताए। व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्दोगधन्दा खोलिनुपर्नेमा जोड दिए। नेपालको कच्चा पद्धार्थ नेपालमै सदुपयोग गर्ने गरी भारतीय लगानी भित्राउनसक्नुपर्ने बताए।

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने भन्दै लगानीका क्षेत्रहरुलाई अझ स्पष्ट पार्नुपर्ने बताए। सन् १९९६ को वाणिज्य सन्धीले नेपालले उत्पादन निर्यातको वातावरण पाएको उल्लेख गर्दै त्यस्तै अवस्था सृजना गर्नुपर्ने बताए।

भारतीय पर्यटक बढीभन्दा बढी भित्राउनेदेखि लगानी वृद्धि गर्नसके नेपालको आर्थिक विकासले गति लिने औल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *