स्कुल बिभागमा अल्झियो नेकपा

डिसी नेपाल
३० साउन २०७६ ७:३७

काठमाडौं। सत्तारुढ दल नेकपाभित्र विभागहरुको नेतृत्वको विषयमा सहमति हुन नसकेपछि विवाद सतहमा देखिएको छ। विशेष गरी स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको हो। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ।

बुधबार बस्ने तय भएको बैठक सहमतिका लागि भन्दै बिहीबार (आज) सम्मका लागि स्थागित गरिएको छ। यो बीचमा अध्यक्षद्वबीच सहमतिको प्रयास भएपनि निष्कर्ष निस्किन सकेको छैन्।

नेकपाभित्र स्कुल विभागको प्रमुखको विषयलाई लिएर प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ। पूर्व सहमति अनुसार पूर्व एमालेको भागमा परेको स्कुल विभागको प्रमुखमा प्रधानमन्त्री केपी ओलीले सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याउन खोजेपछि पूर्व माओवादी पक्षले विरोध जनाउँदै आएको छ।

पूर्व माओवादी पक्षले भने स्कुल विभागको प्रमुख प्रवक्तासमेत रहेको नारायणकाजी श्रेष्ठलाई दिनुपर्ने अडान राखेको छ। स्कुल विभागलाई प्रतिष्ठाको विषय बनाइएपछि अध्यक्षद्वयबीच विभिन्न विकल्पमा समेत छलफल भइरहेको छ।

पछिल्लो समयमा स्कुल विभागका विषयमा विवाद बढ्दै जाँदा नेता झलनाथ खनाल, बेदुराम भुसाल र घनश्याम भुसालले पनि स्कुल विभागमा दाबी गर्न थालेका छन्।
स्कुल विभागको विवाद नसुल्झिएपछि सचिवालय बैठक पटक पटक स्थगित हुँदै आएको छ। मंगलबार स्थगित सचिवालय बैठक स्कुल विभागमा सहमति नजुट्दा बुधबार पनि बस्न सकेन।

प्रधानमन्त्री केपी ओलीले सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याउन खोजेपछि पूर्व माओवादी पक्षले विरोध जनाउँदै आएको छ। पूर्व माओवादी पक्षले भने स्कुल विभागको प्रमुख प्रवक्तासमेत रहेको नारायणकाजी श्रेष्ठलाई दिनुपर्ने अडान राखेको छ। स्कुल विभागलाई प्रतिष्ठाको विषय बनाइएपछि अध्यक्षद्वयबीच विभिन्न विकल्पमा समेत छलफल भइरहेको छ।

पार्टीका विभागहरूको जिम्मेवारी तोक्नेगरी मंगलबार बोलाइएको बैठकपूर्व दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मत बाझिएपछि बुधबारसम्म सहमतिमा पुग्ने गरी बैठक सारिएको थियो । बुधबार बिहानैदेखि दुई अध्यक्ष सहमतिका लागि छलफलमा बसेपनि सहमति जुट्न सकेन्।

पार्टीका अन्य विभाग तथा भ्रातृ संगठनहरूको नेतृत्वको विषयमा सहमति जुटे पनि स्कुल विभागमा सहमति जुट्न नसक्दा सहमतिको लागि थप दबाब पर्दै आएको छ।
यसअघि १३ गतेको बैठकमा केन्द्रीय निकायहरूको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यको कार्यविभाजनका निम्ति उनीहरूको रुचिका आधारमा प्राथमिकता सोध्ने निर्णय गरेको थियो।

पार्टीको केन्द्रीय निकायअन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागको टुंगो लाग्न बाँकी छन्। स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन नसक्दा अन्य पार्टीका कामसमेत ओझेलमा परेका छन्।

नेकपामा ३३ (नीति प्रतिष्ठानसहित) विभाग छन् । स्कुल विभागबाहेक अन्य विभागमा भने मोटामोटी सहमति जुटिसकेको छ । स्रोतका अनुसार किसान महासंघ, युवा संघ, अनेरास्ववियु, महिला संघ, मजदुर संगठनजस्ता ठूला जनसंगठनको इन्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *