करियरको अन्तिम अन्तर्राष्ट्रिय खेलमा गेलले खेले तुफानी पारी
![करियरको अन्तिम अन्तर्राष्ट्रिय खेलमा गेलले खेले तुफानी पारी](https://www.dcnepal.com/wp-content/uploads/2019/08/i-1-2.jpg)
एजेन्सी । बुधबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा वेस्ट इण्डिजलाई हराउँदै भारतले सिरिजमा २–० ले कब्जा जमायो।
उक्त सिरिजसँगै क्रिकेटका महान् ब्याटस्म्यानमध्येका एक क्रिस गेलको अन्तराष्ट्रिय क्रिकेट यात्रा पनि टुङ्गिएको छ। अघिल्ला दुई खेलमा ब्याटिङ नचले पनि अन्तिम खेलमा गेलले आफ्नो ब्याटिङ जादु चलाए। उनले अन्तिम खेलमा चौका र छक्काको वर्षात गराउँदै शानदार पारी खेले र बिदाइलाई सुखद् बनाए।
पहिलो ओभरमा मेडन खेलेका गेलले दोश्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोले। आफ्नो अन्तिम पारीमा गेलले कुल ४४ बलको सामना गर्दै ७२ रन जोडे। यस क्रममा उनले ८ चौका र ५ छक्का प्रहार गरे। करियरको अन्तिम अर्धशतक बनाउन उनलाई केबल २९ बल मात्र लाग्यो।
प्रतिक्रिया
Facebook Comment