धोनीले कश्मिरमा निःशुल्क एकेडेमी खोल्ने !

डिसी नेपाल
३० साउन २०७६ ९:३३

एजेन्सी ।भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले कश्मिरमा क्रिकेट एकेडेमी खोल्ने भएका छन् । युवा खेलाडीलाई प्रशिक्षण दिन धोनीले कश्मिरमा एकेडेमी खोल्ने तयारी गरेका हुन् । धोनीले खोल्ने एकेडेमी निशुल्क हुने बताइएको छ ।

धोनीले एकेडेमीका लागि कश्मिर विवादपछि खेलकुद मन्त्रालयसँग अनुमति माग्ने जनाएका छन् । अहिले धोनी जम्मु–कश्मिरमा लेफ्टिनेन्ट कर्नेलको तालिममा व्यस्त रहेका छन् । धोनीको तालिम बिहिबार सकिँदैछ।

धोनीले यसका लागि क्रिकेटबाट २ महिनाको छुट्टी लिएका थिए । हाल भारतीय राष्ट्रिय किकेट टोली वेष्ट इण्डिज भ्रमणमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *