डेब्यु खेलमा रोसीको गोल, बोका जुनियर्स पेनाल्टीमा पराजित

डिसी नेपाल
३० साउन २०७६ १०:१९

एजेन्सी । इटालीका लिजेण्ड ड्यानीयल डे रोसीले अर्जेन्टिनी क्लब बोका जुनियर्सको डेब्यु खेलमा गोल गरेका छन् ।

कोपा अर्जेन्टिना अन्तर्गत अल्माग्रोविरुद्ध डेब्यु गरेका रोसीले डेब्यु खेलमै गोल गरेका हुन् । तर, खेलमा बोका जुनियर्स पराजित भएको छ । खेलमा बोका जुनियर्स अल्माग्रोसँग पेनाल्टी सुटआउटमा ३–१ ले पराजित भयो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीअघि रोसीले २७ औं मिनेटमा गोल गर्दै बोका जुनियर्सलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अल्माग्रोलाई खेलमा फर्काएका थिए ।

इटालियन क्लब रोमाका लिजेण्ड तथा पूर्व मिडफिल्डर रोसी यसै सिजन क्लबमा आएका हुन् । ३६ वर्षे रोसीले रोमाका लागि ६१६ खेलमा ६३ गोल गरेका थिए । सन् २००६ मा इटालीले विश्वकप जित्दा टिममा रहेका रोसीले इटालीबाट ११७ खेल खेलेका छन् ।




प्रतिक्रिया

One thought on “डेब्यु खेलमा रोसीको गोल, बोका जुनियर्स पेनाल्टीमा पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *