हिजोको खेलमा सतक लगाएका विराटले बनाए अनौठो रेकर्ड

डिसी नेपाल
३० साउन २०७६ ११:१०

एजेन्सी । वेस्ट इण्डिज भ्रमणमा रहेको भारतीय टिमले तीन खेलको एक दिवसीय सिरिज २–० ले आफ्नो नाम गरको छ। बुधबार भएको तेस्रो एकदिवसीयमा वर्षाको कारण डीएल मेथडबाट खेलाइएको खेलमा ६ विकेटले जित निकाल्दै सिरिज कब्जा गरेको हो।

हिजोको खेलमा भारतीय कप्तान विराट कोहलीले ९९ बलमा ११४ रनको सतकीय पारी खेलेर नटआउट रहे। उनले लगातार दुई खेलमा सतक लगाएर ‘म्यान अफ द सिरिज’ हात पारे। उनले आफ्नो एकदिवसीय करियरमा ४३ औं सतक पुरा गरे।

यस्तै हिजोको खेलमा सतक पुरा गरेसँगै विराटले एउटा अनौठो रेकर्ड आफ्नो नाम गरेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट (टेष्ट, एकदिवसीय र टी–२०)मा एक दशकमा २० हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले एक दशक अर्थात २०१० देखि २०१९ सम्ममा २० हजार रन बनाउने पहिलो खेलाडी हुन्।

उनी २०१० देखि अहिलेसम्म कुल ३७१ खेल खेलेका छन्। जसमा उनले ५७.३ को औसतमा २० हजार १८ रन बनाएका छन्। जसमा ६७ सतक लगाएका छन्। यो भन्दा पहिला उक्त रेकर्ड अस्ट्रेलियाका लेजेण्ड ब्याट्सम्यान रिकी पोन्टिंगको नाममा थियो। उनले सन् २००० को दशकमा १८९६२ रन बनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *