पूर्वमन्त्री ढकाल र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच भेटवार्ता

डिसी नेपाल
३० साउन २०७६ ११:१३

कोलोम्बो। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा आपसी हित, सहकार्य तथा क्षेत्रीय शान्तिको बारेमा छलफल भएको भेटमा सहभागी परिवार दलका प्रवक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए। नेता ढकालले श्रीलंकामा भएयको दुखद आतंककारी आक्रमणको निन्दा गर्दै सबै प्रकारका आतंकवादलाइ पराजित पार्न सरकार र नागरिक समाज बीचको सहकार्यमा जोड दिए।

अध्यक्ष ढकालले काठमाडौँमा आयोजित एशिया प्याशिफिक समिटको प्रतिवेदन राष्ट्रपति मैत्रिपाला सिरिसेनालाइ हस्तान्तरण गरेका थिए। राष्ट्रपति सिरिसेनाले समिट एतिहासिक रुपमा सफल भएको भन्दै बधाई दिएका थिए।

इन्टरनेशनल एशोशियसन अफ पार्लियामेनटरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकाल विश्वका विभन्न राजनेताहरु सँग भेट्ने क्रममा बुधबार श्रीलंकाली राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *