रुसी विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि…
मस्को (रासस/एएफपी) । रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी २३० भन्दाबढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए ।
सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो । क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ । मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन् । हालसम्म प्राप्त समाचारअनुसार यस विमानमा रहेका ती यात्रुहरु सामान्यरुपमा मात्र घाइते भएका बताइएको छ । यराल एयरलाइन्सको यस विमानमा २२६ यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्डयन अधिकारीहरुले बताएका छन् ।
मस्कोको क्षेत्रको झुकोप्स्की विमानस्थलबाट उडेको केही समयमै आकस्मिक अवतरण गराएको सो विमान धावनमार्गबाट एक किलोमिटर मात्र पर पुगेको बताइएको छ । विमानस्थलको धावनमार्गबाट केही पर रहेको मकैबारीमा सो विमान अवतरण गराउनुपरेको उक्त एयरलाइन्सले जानकारी गराएको छ । विमानमा रहेका यात्रु र चालकदलका सदस्यसमेत सबैलाई उद्धार गरिएको समाचारमा उल्लेख छ । तीमध्ये केहीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ ।
रुसको स्वास्थय मन्त्रालयका अनुसार नौ बालबालिकासहित २३ व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । उपाचारको क्रममा रहेका ती व्यक्तिको अवस्था कसैको पनि चिन्ताजनक नरहेको जनाइएको छ । यसअघि सिन्ह्वा समाचार समितिले विमानस्थलमा नै विमान आकस्मिक अवतरण गरेको बताएको थियो ।
Facebook Comment