भारतीय स्वतन्त्रता दिवसमा इमरानको ‘कालो ट्वीटर’, आक्रोशपूर्ण ट्वीट

डिसी नेपाल
३० साउन २०७६ १९:३७

इस्लामावाद (एजेन्सी) । भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेसँगै आक्रोशित बनेको पाकिस्तानले बिहीबार भारतीय स्वतन्त्रता दिवसलाई कालो दिवसका रुपमा मनाएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार आफ्नो आधिकारिक ट्वीटर अकाउण्टलाई कालो बनाएका छन्। कालो ट्वीटरबाट उनले भारतप्रति निकै आक्रोशपूर्ण ट्वीट गरेका छन् ।
इमरानले ट्वीटमा भारतले जम्मू कश्मीरमा मुस्लिम समूदायको नरसंहार गर्ने तयारी गरेको र अन्तर्राष्ट्रिय समूदाय चुप बसेको भन्दै आक्रोश पोखेका छन् । उनले राष्ट्रिय स्वयमसेवक संघ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नाजी हिटलरको शैलीमा अगाडि बढेको बताएका छन् । उनले १२ दिनसम्म जम्मू कश्मीरमा कर्फ्यू लगाइएको भन्दै अन्तर्राष्ट्रिय समूदाय यस्तो अवस्थामा पनि चुप लाग्नु आश्चार्यजनक रहेको बताएका छन् । उनले पहिला देखिनै सैन्यकरण गरिएको भारत प्रशासित कश्मीरमा थप सेना परिचालन गरिएको भन्दै असन्तुष्टिसमेत पोखेका छन् । उनले यसको गम्भीर परिणम हुने भन्दै त्यसको जिम्मा अन्तर्राष्ट्रिय समूदायले लिनुपर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *