पत्रकार पुडासैनी प्रकरण : रवी लामिछाने, अस्मिता कार्की र यूवराज कँडेल पक्राउ
काठमाडौं। माउन्टेन टेलिभिजनका तत्कालीन पत्रकार सालिक राम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले न्यूज ट्वान्टी फोर टेलिभिजनको ‘जनतासँग सिधा कुरा’ शोका पत्रकार रवी लामिछाने र सोही कार्यक्रमका अर्का सहकर्मी यूवराज कँडेललाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले एक युवती अस्मिता कार्कीलाई पनि बिहीबारै नियन्त्रणमा लिएको छ । प्रहरीले तीन नै जनालाई राजधानी काठमाडौंबाट नियन्त्रणमा लिएको जनाएको छ । चितवन प्रहरी र काठमाडौं प्रहरी परीसरको समनवयमा उनीहरुलाई नियन्त्रणमा लिइएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।
उनले मृतकको साथबाट बरामद गरिएको भिडियोको डिजटल ल्याब परीक्षण र पोष्टमार्टम प्रतिवेदन पनि शुक्रबारसम्म प्राप्त हुने जानकारी दिए। उनका अनुसार काठमाडौंमा पक्राउ परेका तीन नै जनालाई बिहीबारै चितवन पुर्याइँदै छ। उनीहरुलाई अत्यन्त जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिइएको उनले बताए । उनले प्रहरीले आफ्नो प्रक्रियाअनुसार अनुसन्धान अगाडि बढाउेनसमेत जानकारी दिए ।
मृतक पुडासैनीले आत्महत्या गर्नुअघि एक भिडियो मोबाइलमा रेकर्ड गरेको र सो भिडियोमा आफुलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै तीनजनाको नाम लिएका थिए । उनले पत्रकार लामिछाने, कँडेल र युवती कार्कीले टर्चर दिएको र त्यसैले आत्महत्या गरेको भिडियोमा भनेका थिए ।
प्रहरीले सो भिडियोको फोरेन्सिक परीक्षणसमेत गराएको छ । यद्यपी सो परीक्षण प्रतिवेदनबारे केही खुलाएको छैन । यही साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए। उनले जनतासँग सिधा कुरा कार्यक्रममा लामिछानेसँगै काम गरेका थिए। पछिल्लो समय उनी माउन्टेन टेलिभिजनमा कार्यरत थिए ।
Fake blame.tottally untrue
Buy Priligy In Uk cheapest cialis 20mg Propecia Online Bestellen