वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी र रोनाल्डोसँगै भानडीक

डिसी नेपाल
३१ साउन २०७६ ६:१६

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले बर्ष पुरुष खेलाडीको अन्तिम तीन जनाको नाम सार्वजनीक गरेको छ । गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनीक गरेको हो ।

बर्ष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भानडीक परेका छन् । युभेन्ट्सबाट रोनाल्डो, बार्सिलोनाबाट मेस्सी र लिभरपुलबाट डाइकले अन्तिम सुचिमा स्थान बनाउँदा लिभरपुलका साडियो माने, मोहम्मद सलाहा भने बाहिरिएका छन् ।

युईएफएको गोल अफ दी ईयर जितेका मेस्सीले गत सिजन बार्सिलोनाबाट ५१ गोल गरेका थिए । उनले सिजनको अन्तिममा स्पेनिस लिगको उपाधि जितेका थिए । यता युभेन्ट्समा डेब्यु सिजनमा २८ गोल गरेका रोनाल्डोले क्लबलाई लिग उपाधि जिताएका थिए । पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि जिताएका रोनाल्डोले गत सिजन उत्कृष्ट फर्ममा देखिएका थिए ।

यता लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका डाइकले डच टिमलाई नेसन्स लिगको फाईनलसम्म पु¥याएका थिए । युईएफएले अगष्ट २९ मा अवार्ड विजेता खेलाडीको नाम सार्वजनीक गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *