हङकङ प्रहरीद्वारा ७४८ प्रदर्शनकारीलाई पक्राउ

डिसी नेपाल
३१ साउन २०७६ ९:२५

हङकङ । हङकङ प्रहरीले गत जुनदेखि शुरू भएको आन्दोलनमा सहभागी ७४८ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको हङकङ प्रहरीले बिहीबार जानकारी गराएको छ ।जुन ९ गतेदेखि भएका विरोध तथा प्रदर्शन कार्यक्रमका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

हङकङ प्रहरीको जनसम्पर्क शाखाका वरिष्ठ प्रहरी उपरिक्षक कोङ विङ–चेउङले हङकङमा प्रदर्शनकारीको पक्राउ परेको जानकारी दिँदै भने, “प्रहरी प्रशासनले पक्राउ परेकामध्ये ११५ जनाविरूद्ध विभिन्न आक्रमणमा दोषी भएको आरोपमा मुद्धा चलाएको छ ।”

कोङका अनुसार प्रहरीले १७ जनालाई बुधबार शाम शुई पो र टीन शुई वेईस्थित प्रहरी चौकीहरूमा आक्रमण गरेको आरोपमा हिरासतमा लिई अनुसन्धान थालिएको छ । पक्राउ परेकामा दुई महिलासमेत रहेका र उनीहरू १५ बर्षदेखि ६१ बर्ष उमेर समूहका नागरिक रहेका छन् ।

उनले भने, “पक्राउ परेका सबैजनालाई प्रशासनले निशेध गरेको स्थानमा भेला भएको, गैरकानूनीरूपमा पटाका तथा अतिसबाजी गरेको, राष्ट्रिय झण्डाको अपमान गरेको, गैरकानूनीरूपमा हतियार राखेको, सार्वजनिक सामान क्षति गरेको र आगलागीको प्रयास गरेको आरोपमा पक्राउ गरी छानविन भइरहेको छ ।”

प्रदर्शनकारी र प्रहरीबीच यो समयमा भएका झडपमा परी ११ महिला प्रहरीसहित १७७ प्रहरी घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *