मोरक्कोको मुख्य प्रशिक्षकमा भाहिद
एजेन्सी । मोरक्कोले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा भाहिद हालिल्होडिकलाई नियुक्त गरेको छ ।
मोरक्कोले बिहिबार सन् २०२२ को फिफा विश्वकपलाई मध्येनजर गर्दै बोस्नियाका भाहिदलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । ६७ वर्षे प्रशिक्षक भाहिद निकै अनुभवी प्रशिक्षक मानिन्छन् । भाहिदले सन् २०१० मा आइभरी कोष्टलाई विश्वकपमा छनोट गराउन सफल भएका थिए ।
यस्तै उनि सन् २०१४ को विश्वकपमा अल्जेरिया र सन् २०१८ को विश्वकपमा जापानका मुख्य प्रशिक्षक रहेका थिए । हालै भने उनि फ्रेन्च क्लब नान्टेसका प्रशिक्षक रहेका थिए । अफ्रिका कप अफ नेसन्समा खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक हेर्भी रेनार्डले राजिनामा दिएपछि मोरक्कोले भाहिदलाई अनुबन्ध गरेको हो ।
Facebook Comment
प्रतिक्रिया
Cephalexin Canine Dosage viagra Achat Cialis Original Comprar Cialis Femenino