चिनियाँ उद्यमहरूमाथि गलत अभ्यास रोक्न चीनको अमेरिकालाई आग्रह

डिसी नेपाल
३१ साउन २०७६ १०:२३

बेइजिङ । चीन र अन्य मुलुकहरूको चासोलाई बेवास्था गरी एकपक्षीय र संरक्षणवादी नीति अघि ल्याउने अमेरिकी अभ्यासको चीनले कडारूपमा विरोध रहने चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन् ।

प्रवक्ता हुआ चुन्यिङले सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा भने, “अमेरिकी वाणिज्य मन्त्रालयले चाइना जनरल न्यूक्लियर पावर कर्पोरेशन (सीजीएन) र यस अन्तर्गतका सहयोगी संस्थालाई यही अगस्ट १३ गते अमेरिकी बाणिज्य मन्त्रालयको ‘निगरानी सूची’ मा राखेकोप्रति चीनको ध्यानाकर्षण भएको छ ।”

“अमेरिकी उक्त कदमले राष्ट्रिय सुरक्षाको धारणालाई अपमानित गरेको छ, जसले चिनियाँ निर्यात नियन्त्रण गर्नुका साथै चिनियाँ कम्पनीका सार्थ अमेरिकी तथा अन्य मुलुकको व्यवसायलाई पनि प्रभावित तुल्याएको छ,” हुआले भने । उनले थपे, “चीन चाहन्छ अमेरिकाले उचितरूपमा यस विषम परिस्थितिबारे निर्णय लिनेछ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *