क्रिकेट बलले लागेर अम्पायरको मृत्यु

डिसी नेपाल
३१ साउन २०७६ १०:५५

एजेन्सी । वेल्सको एक क्रिकेट प्रतियोगितामा क्रिकेट बलले लागेर अम्पायरको मृत्यु भएको छ । वेल्समा आयोजित एक प्रतियोगिताको दौरान बलले लागेर घाइते भएका अम्पायर जोन विलियम्सको मृत्यु भएको बीबीसीले जनाएको छ ।

क्रिकेट बलले टाउकोमा लागेर घाइते भएको दुई सातापछि अम्पायर विलियम्सको मृत्यु भएको हो । ८० वर्षे विलियम्स गत जुलाई १३ मा आयोजित प्रतियोगितामा घाइते भएका थिए ।

काउन्टी डिभिजन २ का दुई क्लब पेमब्रोक र नार्बेथबीचको खेलमा उनी घाइते भएका हुन् । बलले टाउको लागेर घाइते भएपछि उनलाई तत्काल वेल्सको युनिभर्सिटी अस्पताल लगिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *