ऋणमा डुबेका व्यापारीले परिवारका ४ सदस्यलाई गोली हानेर आफूले पनि आत्महत्या गरे

डिसी नेपाल
३१ साउन २०७६ ११:४३

काठमाडौं। ऋणमा डुबेका एक व्यापारीले आफ्नो परिवारका ४ जना सदस्यलाई गोली हानेर मारे त्यसपछि आफूले पनि आत्महत्या गरे । प्ररम्भिक जाँचमा थाहा भएअनुसार यो परिवार व्यापार चलाउँथ्यो । उनीहरुको व्यवसायमा यस वर्ष ठूलो घाटा भएको थियो । पुलिसले घटनास्थलबाट कुनै सुसाइट नोट फेला पारेको छैन । पुलिसले शव पोस्टमार्टमका लागि पठाएर जाँच सुरु गरेको छ ।

आज तकको रिपोर्टअनुसार भारतको कर्नाटक राज्यको चामराजनगरनजिकै व्यवसाय चलाउने व्यापारीले पहिले परिवारका ४ सदस्यलाई गोली हानेर मारे त्यसपछि आफूलाई पनि गोली हाने । पुलिसले ३३ वर्षीय ओमकार प्रसादको छेउबाट बन्दुक पनि बरामद गरेको छ । पुलिसको प्रारम्भिक अनुसन्धानमा पाइएअनुसार उनैले आफ्ना अभिभावकलाई गोली हानेका थिए । उनले पहिले ६० वर्षीय पिता नागराज भट्टाचार्य त्यसपछि आमा हेमलतालाई गोली हाने । त्यसपछि उनले पत्नी निकिता र छोरा आर्यकृष्णलाई पनि गोली हाने । परिवारको हत्या गरेपछि उनले त्यही बन्दूकले आफूलाई पनि गोली हाने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *