‘संवैधानिक तवरबाटै हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना गर्छौं’

डिसी नेपाल
३१ साउन २०७६ १६:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गत संविधानसभामा राप्रपाको गणपुरक संख्यामा उपस्थिति हुन नसकेकै कारण हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापित हुन नसकेको यथार्थ बताउँदै अबको निर्वाचनमा जनताको मन जितेर पूर्ण बहुमतका साथ पार्टीलाई स्थापित गर्दै हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने दृढ संकल्प लिएर पार्टी अघि बढीसकेकोले त्यसतर्फ केन्द्रीत हुन कार्यकर्ताहरुलाई निर्देशन दिए।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाडौं सम्पर्क समाज गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले परम्परागत संस्कृति मासेर आएका पार्टीहरु र धर्म, संस्कृति, परम्परा मान्ने दुई समूहबिच नै प्रतिष्पर्धा हुने भएकोले जनताको घरदैलोमा पार्टीको एजेण्डा पु¥याउन सके राप्रपा अग्रणी हुनेमा आफु विश्वस्त रहेको बताए।

यसको लागि अहिलेदेखि नै तल्लो तहसम्म संगठन विस्तारमा लाग्न पार्टीका सबै तहका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिंदै अध्यक्ष थापाले संगठन विस्तारलाई सार्थक बनाउन पार्टीले २०७६ साललाई संगठन निर्माण वर्ष घोषणा गरेर कार्य प्रारम्भ गरिसकेको बताए।

अध्यक्ष थापाले नवगठित दोलखा–काठमाडौं सम्पर्क समाजका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिंदै पार्टीका एजेण्डाहरुलाई जनताको घरदैलोमा पुर्याउन सम्पर्क समाज कोशेढुंगा सावित हुनेमा आफू विश्वस्त रहेको बताए।

सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङ, महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापा, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्का, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष योगी पुष्पराज पुरुषलगायतले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिंदै नवगठित समितिलाई पार्टीको संगठन विस्तार कार्यमा जुट्न आग्रह गरेका थिए।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सम्पर्कसमाज समन्वय विभागका सदस्यसचिब अम्बिका प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिव के.सी. र राजन बहादुर सिवाकोटीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

मोहन कार्कीको अध्यक्षतामा गठित दोलखा–काठमाडौं सम्पर्क समाजको उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा दिनेश सिवाकोटी, सहसचिवमा सुवाष सुवेदी र मोतिलाल श्रेष्ठ, कोषाध्यक्षमा दावा शेर्पा, सह कोषाध्यक्षमा सुष्मिता सुवेदी रहेकी छन् भने सदस्यहरुमा सरिता बस्नेत, दिनेश बस्नेत, अनिश खड्का, सिए विष्णु राउत, राम कार्की, राम खडका, कुसुम तामाङ, किशोर आचार्य र राजाराम भट्ट रहेका थिए।

यसैगरी सल्लाहकारहरुमा ज्योतिष पण्डित महेन्द्र खतिवडा, पूर्व प्रहरी अधिकृत कमल गजाधर खड्का, पूर्व अनुसन्धान अधिकृत लव खड्का र पूर्व अधिकृत दिल बहादुर आचार्य रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *