मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

डिसी नेपाल
३१ साउन २०७६ २२:२४

काठमाडौं । मलेसियाको लिग च्याम्पियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा फरवार्ड विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

नियमित सदस्य तथा कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द टिममा अटाएका छैनन् । कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् । रोहित इन्डोनेसियाको लिगमा व्यस्त रहेका छन् ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाली टिम :

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर स् सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड : विमल घर्तिमगर सहित विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *