भारतीय पूर्व क्रिकेटरले गरे आत्महत्या

डिसी नेपाल
३१ साउन २०७६ २३:१०

नयाँ दिल्ली (एजेन्सी) । भारतीय पूर्व प्रसिद्ध क्रिेकेट खेलाडी भीबी चन्द्रशेखरले आत्महत्या गरेका छन्। ऋणको चिन्ताका कारण आत्महत्या गरेको हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले प्रहरीको हवला दिँदै उल्लेख गरेका छन्।

‘५७ बर्षीय चन्द्रशेखरलाई उनको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,’ अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले बताए ।

मोरूगनले एएफपीलाई बताए, ‘हामीले घटनालाई अप्राकृतिक मृत्युका रूपमा दर्ता गरेका छौँ । हाम्रो प्रारम्भिक अनुसन्धानबाट भारतीय क्रिकेटका पूर्व खेलाडीले आर्थिक सङ्कटको समस्याका कारण मृत्यु रोज्दै आत्महत्या गरेको भन्ने बुझिएको छ । उनको शवको परीक्षणपछि थप विवरण आउनेछ ।’

सन् १९८० देखि दशकभर राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका व्याट्सम्यान चन्द्रशेखरले एक दिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका थिए। उनको नेतृत्वमा तामिलनाडुले सन् १९८७ को रणजी उपाधि जितेको थियो ।

भारतीय सुप्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीटरमार्फत् शोक सन्देश व्यक्त गर्दै भनेका छन्, ‘चन्द्रशेखरको मृत्युको खबरले मलाई स्तब्ध बनाएको छ । यस समय उहाँसँगको न्यानो स्मृतिलाई मैले सम्झिनुको विकल्प रहेन । मृतकको परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *