सेन्ट्रल जोन भलिबलः नेपालको पहिलो प्रतिद्वन्दी किर्गिस्तान

डिसी नेपाल
३२ साउन २०७६ ७:०२

काठमाण्डौ । एभीसी सेन्ट्रल जोन भलिबलको खेल ड्र सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको ड्र अनुसार उद्घाटन खेलमा नेपाल र किर्गिस्तान प्रतिस्पर्धा गर्ने भएका छन् ।

सोमबारदेखि सुरु हुने खेलमा दिउँसो ४ बजे उद्घाटन समारोह चल्ने छ । समारोह पछि नेपाल र किर्गिजस्तान भिड्नबिच खेल हुनेछ। त्यही दिन बिहान तुर्कमेनिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल रहेको समूह ‘ए’मा किर्गिस्तान र माल्दिभ्स रहेका छन् । यो समूहमा तीन टिम रहेकाले यदि नेपालले एक खेलमा जित हात पारेमा मात्रै सेमिफाइनल पुग्ने सम्भावना बढी हुने छ । समूहमा तेस्रो हुने टिमले समग्रमा पाँचौं र छैँटौं स्थानका लागि खेल्ने छन् ।

अर्को समूहमा तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले दोस्रो खेलमा बुधबार माल्दिभ्ससँग खेल्ने छ ।




प्रतिक्रिया

One thought on “सेन्ट्रल जोन भलिबलः नेपालको पहिलो प्रतिद्वन्दी किर्गिस्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *