‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’ : मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
३२ साउन २०७६ ८:०७

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताए । नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए ।

संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उनको भनाइ थियो । “यसको संरक्षण हामी सबैको साझा दायित्व हो”, उनले भने । विभिन्न चाडपर्व, संस्कृति, वेषभूषा, धार्मिक मेला, महोत्सव र सीपमा नेवार जाति समृद्ध रहेको मुख्यमन्त्री गुरुङले बताए । मौलिक पर्व तथा संस्कृतिले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने उनले विश्वास व्यक्त गरे।

मुलुकको विविध संस्कृति र सीपलाई जगेर्ना गर्दै आधुनिकतामा विशिष्टिकरण गरी नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा उनले जोड दिए । नेवा खल कास्कीका उपाध्यक्ष एवम संस्कृतिविद् तीर्थ श्रेष्ठले रञ्जन लिपी नेपालको संस्कृति भएकाले यसको जगेर्ना गर्नका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे।

कार्यक्रममा पोखरा बजारमा गाईजात्रालगायत विभिन्न पर्व र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने नेवार समुदायका अग्रजहरुलाई सम्मान गरिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *