हाजार्ड घाइते !

डिसी नेपाल
३२ साउन २०७६ ८:४५

एजेन्सी । रियल मड्रिडका स्टार ईडेन हाजार्डले घाइते भएका छन् । तिघ्रामा चोट बल्झिएपछि हाजार्डको ला लिगाको डेब्यु केही समय पछाडी धकेलिने भएको हो । रियल मड्रिडले शनिबार सेल्टा भिगोसंग खेल्दै लिगको सुरुवात गर्दैछ । हाजार्ड नयाँ सिजनका लागि सय मिलियन युरोमा लण्डन क्लबबाट स्पेनिस क्लब आएका थिए ।

रियलले आफ्ना स्टार खेलाडीले चोट बोकेको पुष्टि गर्दै केही हप्ता मैदान बाहिर रहने बताएको छ । ‘क्लबको मेडिकल टिमद्वारा प्रशिक्षणपछि गरिएको परिक्षणमा हाम्रा खेलाडी हाजार्डको तिघ्रामा चोट देखिएको छ ।’ क्लबले भनेको छ ।

प्रशिक्षक जिनेदिन जिदानले समेत हाजार्ड कम्तिमा तीन वा चार हप्ता मैदान बाहिर रहने बताएका छन् । हाजार्डले पहिलो अन्तराष्ट्रिय विश्रामपछि मात्र क्लब खेलमा फर्कने सक्ने सम्भावना छ । रियलले सेल्टाभिगोसंगै रियल भालाडोलिड र भिल्ला रियलसंग लिग खेल खेल्नेछ । सिजनको पहिलो ‘होम गेम’को रुपमा सेप्टेम्बर १४ मा लेभान्तेविरुद्व खेल्नेछ ।

अब प्रशिक्षक जिदानले क्लबको आक्रमण लाईनको विकल्प हेर्न सुरु गरेका छन् । उनले ग्यारेथ वेल र जेम्स रोड्रिग्वेजलाई क्लबमा समावेश गरिने बताएका छन् । दुवै खेलाडी यसअघि क्लब छाड्ने मनसायमा थिए।




प्रतिक्रिया

One thought on “हाजार्ड घाइते !

Leave a Reply

Your email address will not be published. Required fields are marked *