सिजनको पहिलो खेलमा बायर्नको बराबरी
एजेन्सी । जर्मन बुन्डेशलिगाको सिजनको पहिलो खेलमा वायर्न म्युनिखले २–२ गोलको बराबरी खेलेको छ । शुक्रबार राति भएको खेलमा वायर्नले हर्था वर्लिनसंग बराबरी खेल्दै अंक बाँडेको हो ।
साविक विजेता वायर्नका लागि दुवै गोल रोबर्टो लेवान्डोस्कीले गरे । खेलको २४ औ मिनेटमा लेवान्डोस्कीले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर तीन मिनेटको अन्तरमा दुई गोल गर्दै पाहुना टोली अगाडी बढेको थियो ।
३६ औ मिनेटमा डोडाी लुकेयिबोले वर्लिन क्लबका लागि बराबरी गोल गरे । त्यसको दुई मिनेटपछि मार्को ग्रुजिकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउने काम गरे । तर, ६० औ मिनेटमा पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले वायर्नलाई अंक दिलाउन सफल रहे । नयाँ सिजनको पहिलो खेलमा बराबरी खेल्दै दुवै टोलीले अंक बाँडेका छन् ।
Facebook Comment