कारबाहीमा साठी लडाकु मारिए

डिसी नेपाल
३२ साउन २०७६ ९:४८

फिरोज कोह । अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीको क्रममा सुरक्षा बलले १०० भन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरी प्रमुख वाहिदुल्लाह शुक्रबार बताएका छन् ।

गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६० सशस्त्र तालिबान लडाकू मारिनुको साथै एक सय भन्दा बढी घाइते भएका थिए । सो सुुरक्षा कारबाहीको क्रममा १०८ ओटा गाउँ तथा क्षेत्र पुनः सरकारको कब्जामा आएको निजामीले पुष्टि गरेका हुन् ।

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फको क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ । तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले गोर प्रान्तमा सुरक्षाबलले झडप भएको पुष्टि गरेका छन् । तर प्रान्तीय प्रहरी प्रमुखको दाबीलाई भने उनले अस्वीकार गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *