‘रवि लामिछाने कानुनभन्दा माथि छैनन्’

डिसी नेपाल
३२ साउन २०७६ १५:५९

गुल्मी। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले टेलिभिजन प्रस्तोता रवि लामिछानेकानुनभन्दा माथि नरहेको भन्दै उनलाई प्रहरीले अनुसन्धानको सिलसिलामा पक्राउ गरेको बताएका छन्। गृहजिल्ला गुल्मी पुगेका ज्ञवालीले यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोही पनि व्यक्ति कानुन भन्दामाथि नरहेको प्रष्ट्याए।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्याको सिलसिलामा अनुसन्धानका लागि लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरी पाँच दिन म्याद थपेपछि भएका विरोधका सन्दर्भमा मन्त्री ज्ञवालीले यसो भनेका हुन्। मन्त्री ज्ञवालीले कानुनले सबैलाई समान मान्ने भन्दै घटनालाई अतिरञ्जित गर्न जरुरी नहरेको स्पष्ट पारे।

पुडासैनीको भिडियो आफूले पनि हेरेको जानकारी मन्त्री ज्ञवालीले दिए। भिडियोबारे पनि प्रहरीले अनुसन्धान गरिहेको उनको भनाइ थियो। ‘रविजी पनि कानुनभन्दा माथि हुनुहुन्न। सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हुनुपर्छ’, मन्त्री ज्ञवालीले भने, ‘भिडियो इडिटको कुरा आएको छ। त्यसबारे पनि प्रहरीबाट अनुसन्धान हुनेछ ।’ पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले मरेको मानिसले नामै तोकेर आत्महत्या गर्न बाध्य पारेको भनेपछि प्रहरीले अनुसन्धान गर्नु स्वभाविक भएको बताए।




प्रतिक्रिया

2 thoughts on “‘रवि लामिछाने कानुनभन्दा माथि छैनन्’

  1. rabiko ma pani samarthan garchhu ra prasasan le ghatana ko chhan bim garna matra lageka hun janatako sadak ma ufrinna jarur chhan jasto lagdaina baru afno kheti kisani garda best hola ki

Leave a Reply

Your email address will not be published. Required fields are marked *