सय वर्ष पहिला जब अमेरिकी सैनिकहरुले रुसमाथि आक्रमण गरे
वाशिङ्गटन (बीबीसी) । कसैले पनि तपाईँलाई कुनै हिचकिचाहट पृथ्र्वीमा हाड कमाउने सबैभन्दा चिसो स्थान साइबेरिया भएको भन्न सक्छ । पहिलो विश्व युद्धभन्दा करिब २ महिना पहिला सेप्टेम्बर १९१८ मा करिब ५ हजार अमेरिकी सैनिकको एक टुकुडीलाई उत्तरी रुसको त्यो क्षेत्रमा पठाइएको थियो । यहाँ यी सैनिकहरु र रुसका बोल्शेभिकबीच एक रक्तपात लडाईँ भएको थियो ।
यो एकमात्र अवस्था थियो जब रुसी क्षेत्रमा अमेरिकी सेनाले युद्धमा भाग लिएको थियो । अमेरिकाको इतिहासमा अब यस लडाईँको चर्चा कम हुन्छ । १९१८ को यस लडाईँलाई ‘पोलर बीयर एक्सपीडिशन’ को नामले जानिन्छ ।
यो लडाईँ र प्रथम विश्व युद्धका क्रममा भएका अन्य घटनाहरुमा हालै एक किताब लेख्ने अमेरिकी लेखक जेम्स कार्ल नेल्सनले यो लडाईँबाट महत्वपूर्ण पाठ सिक्नुपर्ने बताए। बीबीसीसँग कुरा गर्दै नेल्सनले भने, ‘रुसीले यो कुरा भुलेका छैनन्की कुनै बेला अमेरिकीले उनीहरुमाथि आक्रमण गरेका थिए । तर निकै थोरै अमेरिकीलाई यो लडाईँबारे थाहा छ ।’
‘मलाई लाग्छ, उनीहरुलाई थाहा हुनुपर्छकी पछि हामीले भियतनाम र इराकमा यस किसिमको मिशन किन देख्यौं, जब अमेरिकाले स्पष्ट उद्देश्यका साथ कुनै अर्को देशमा आक्रमण गर्यो ।’
यस अभियानमा भाग लिने एक सैनिक हेनरी जे कोस्टेलेका अनुसार अझै पनि उनी संशयमा छन्, खासमा त्यहाँ पठाइयो किन ? युद्धको मैदानबाट फिर्ता भएर उनले आफ्नो अनुभवमा आधारित एक किताब लेखेका थिए। सो किताब १९२० मा प्रकाशित भएको थियो ।
एक अप्रत्याशित अभियान
‘पोल बीयर’ नामबाट यो मिशनमा सहभागी सैनिकहरुले आफै विश्व युद्ध समाप्त भएको ९ महिनापछि यो मिशन अगस्ट १९१९ मा समाप्त भएको बताएका छन् ।
आधिकारिक रुपमा ‘उत्तरी रुसमा अमेरिकी अभियान’ नामले जानिने यो अभियानका लागि सैनिकहरुलाई छनोट गर्ने काम १९१८ मा शुरु भएको थियो । यसका लागि नाम लेख्ने सैनिकहरु मध्ये धेरैजसो मिशिगन र विस्कोन्सिनबाट थिए । उनीहरुलाई यसको भनक पनि थिएन आउने दिनमा के हुँदै छ।
नेल्सन लेख्छन्, ‘हामी रुस गएका नै किन? जून १९१८ देखि अर्को वर्षको गर्मिहरुको महिनासम्म आर्कटिकको आर्चेन्जलमा फसेका ५ हजारभन्दा धेरै सैनिकहरु यही प्रश्न सोधिरहेका थिए । उनीहरु एक यस्तो लडाईँ लडिरहेका थिए, सायदै यस्तो कसैले लडेका थिए । त्यो दिन उनीहरुको मनमा जुन प्रश्न थियो, त्यसको उत्तर सायद आजसम्म पनि पाइएको छैन । यो कुरा भएको अब एक वर्ष भइसकेको छ ।’
अमेरिकी सैनिकहरुले आफ्नो अभियान जुलाई १९१८ मा न्यूयोर्कबाट शुरु गरेका थिए । गस्ट महिनाको शरुआतमा उनीहरु इंग्ल्याण्ड पुगेका थिए । केही सैनिकहरुलाई लागिरहेको थियो, उनीहरुलाई युद्धको मोर्चामा फ्रान्स पठाइँदै छ, जहाँ जर्मन सेनाले कडा टक्कर दिइरहेको थियो ।
तर, जब धु्रबीय क्षेत्रमा अभियान चलाउनका लागि चिनिने बेलायती खोजकर्ता सर अर्नेस्ट शैकल्टनले सैनिकहरुलाई तालिम दिन शुरु गरे, उनीहरुले अनुमान लगाए, उनीहरुको भाग्यमा केही अरु नै लेखिएको छ । शैकल्टनले सैनिकहरुलाई निकै चिसो मौसमा बस्ने तरिका सिकाइरहेका थिए ।
यसपछि सेप्टेम्बर १९१८ मा अमेरिकी सैनिक आर्कटिकतर्फ अगाडि बढ्न थाले । आर्कटिक सर्कलदेखि हुँदै त्यसको तल रहेको बन्दरगाह शहर आर्चेन्जल पुगेका थिए । यो क्षेत्र उत्तरी रुसको यूरोपको नजिकै त्यो स्थानमा थियो जहाँ भीना नदी र व्हाइट सी मिल्छन् ।
हड्डी कमाउने नर्क
रुसको यो स्थानमा पहिलादेखि नै फ्रेन्च, स्कटिश र इंग्ल्याण्डका सैनिकहरु मौजुद थिए । कोस्टेलो भन्छन्, ‘अवस्था धेरै राम्रो देखिएको थिएन, न त त्यहाँ खानका लागि प्राप्त सामान थियो, न कुनै किसिमको आर्थिक गतिविधि र त्यहाँ हरेक ती वस्तु जो कुनै किसिमले काम आउँथे ती सामान बोल्शेभिकले लिइसकेका थिए ।’
उनी भन्छन्, ‘सबै डुंगा, रेलवेको सामान, अस्पतालमा काम लाग्ने सामान, औषधी, हतियार र गोलाबारुद, खाना, प्रिंटिंग प्रेसमा राखिने सामान र त्यहाँका धनी मासिहरुसँग रहेको गरगहना सबै बोल्शेभिकले लगिसकेका थिए ।’
स्थिति त्यो बेला अझ खराब भयो जब मित्र देशहरुका सेनामा रहेका अन्य कमाण्डरहरुले अमेरिकी सेनाहरुको सबै महत्वपूर्ण सामान र हतियार लिए । यसको बदलामा अमेरिकी सैनिकलाई जे मिल्यो, त्यो कपडा, चिसोमा लगाइने खास जुत्ता जो हिउँमा चिप्लिन्थे र जसलाई लगाएर हिउँमा हिँड्न सजिलो हुन्थ्यो । साथै उनीहरुलाई केही भाँचिएका हतियार, जो रुसीले प्रयोग गर्ने हतियारका नकल थिए ।
उनी भन्छन्, ‘हाम्रा मानिसहरुलाई यी हतियारमा रत्तीभर विश्वास थिएन । तर, उनीहरुसँग जे थियो बस सबै यही मात्र थिए । र त्यो अवस्थामा यसैबाट काम चलाउनुपर्ने बाध्यता थियो । जो बन्दुकहरु थिए, ती भाँचिन्थे, जाम हुन्थे र कहिल्यै त गोली निस्के भने पनि निशानामा लाग्दैनथ्यो ।’
छिटै त्यहाँ चिसो मौसम शुरु भयो, पहिलादेखि नै खराब अवस्था झन खराब भयो । जब तापक्रम शून्यभन्दा तल खस्कियो, उनीहरुको महिनगनहरुले चल्न अस्वीकार गरिदिए । केही मीटर चौडा हिउँको च्यादरमा धसेर सैनिकहरु तीसँग लडिरहेका थिएm जोसँग राम्रा हतियार थिए । यतिमात्र होइन उनीहरुसँग सैन्यबल पनि धेरै थियो ।
कोस्टेलोको शब्दमा अमेरिकी टुकुडी ‘बर्फीलो नर्क’ मा लडाई गरिरहेको थियो। नेल्सनका अनुसार उत्तरी रुमिा मित्र देशहरुका सेनाका करिब ११ हजार सैनिक थिए, तर उनीहरुको युद्ध करिब ८ हजार बोल्शेभिकसँग थियो । ती मध्ये ४५ हजार आर्चेन्जल नजिकै तैनाथ गरिएका थिए । उनी भन्छन्, ‘मित्र देशका सेनाले एक गल्ती गरे । उनीहरुले यो माने की चिसो बढेपछि युद्ध कम हुने छ । र दुश्मन सेना आफ्नो स्थानबाट बाहिर निस्कन सक्ने छैन ।’ तर रुसी सैनिक अधिक व्यवस्थित थिए । उनीहरुसँग हिउँमा तिब्ररुपमा चल्ने स्की र चिसोसँग जुध्ने राम्रा कपडा थिए । खासमा चिसोसँगै युद्ध कमजोर हुनुको साटो झन तिब्र भयो ।
लेखक नेल्सन भन्छन्, ‘यस्तो अवस्था भए पनि अमेरिकी सैनिकहरुले आफ्नोतर्फबार्ट राम्रो युद्ध लडे र कम ज्यान गुमाएर त्यहाँबाट भाग्न सफल भए । मार्चदेखि अप्रिल १९१९ को बीचमा सात हजार बोल्शेभिकहरुको एक टुकुडीले रेलवे नजिकै मित्र देशहरुको सेनामाथि आक्रमण गरे । यो लडाईँमा करिब दुईहजार रुसी सैनिकको मृत्यु भयो वा घाइते भए वा उनीहरुलाई बन्दी बनाइयो ।’
तर, हरेक पटक मित्र देशहरुका सेनालाई जित्ने मौका मिलेन । जनवरी १९१९ मा आर्चेन्जल देखि नजिक ३०० किलोमिटरको दूरीमा एक निर्जन स्थानमा करिब १७०० बोल्शेभिक सैनिकहरुले मित्र देशका ४६ सैनिकमाथि आक्रमण गरे । यो लडाईँमा २५ जना अमेरिकी सेनाले ज्यान गुमाए । नेल्सनका अनुसार यो घटना एककिसिमले ‘पोलर बीयर एक्सपीडिशन’ अन्त्यको शुरुआत थियो ।
प्रतिक्रान्ति
रुसमा गरिएको यो अमेरिकी सैन्य अभियानको सबैभन्दा ठूलो विरोधाभास यो रह्योकी खासमा प्रथम विश्व युद्ध समाप्त भएको युद्ध विराम सम्बन्धि सम्झौतामा हस्ताक्षर भएपछि पनि त्यहाँ अधिकांश सैनिकहरुको मृत्यु भयो ।
यसकारण यहाँ सैनिकहरुमा चिन्ता त थियो नै, रिस पनि उठेको थियो । उनीहरुले बुझ्न सकिरहेका थिएनन्, निक लडिरहनु परेको हो ? त्यसको प्रभाव के भयो भने, त्यहाँ सैनिक विद्रोहका केही घटनाहरु भए । जब सैनिकहरुले मोर्चामा जानबाट अस्वीकार गरिदिए ।
अमेरिकामा यही विषयलाई लिएर विरोध प्रदर्शन शुरु भए । सीनेटमा एक प्रस्ताव पनि ल्याइयो, जसको माध्यमबाट राष्ट्रपति थोमस भूड्रो विल्सनमाथि सैनिकलाई फिर्ता बोलाउन दबाब दिइयो । यो प्रस्ताव एक भोटले मात्र रोकिएको थियो ।
तर, यो प्रश्न जायज थियो की युद्धविराममा हस्ताक्षर भएपछि पनि अमेरिकी सैनिक साइबेरियामा के गरिरहेका छन् ? यसको सम्बन्ध न त देशमा भइरहेको राजनीतिक परिवर्तनसँग थियो न त मित्र देशहरुका सेनाको काम गर्ने तरिकासँग ।
१९७१ को अन्तिममा शुरु भएको बोल्शेभिक क्रान्ति भ्लादिमीर लेलिनले युद्धबाट आफुलाई अलग गरेको घोषणापछि समाप्त भएको थियो । यसपछि मार्च १९१८ मा जर्मन साम्राज्य, बुल्गारियाको साम्राज्य, अस्टो–हंगेरी साम्राज्य र अटोमन साम्राज्य र रुसकाबीच बे्रस्ट–लितोभ्स्क शान्ति सम्झौता भयो ।
नेल्सन भन्छन्, ‘यसपछि जर्मनीले आफ्नो सेनको ८० कमानलाई पश्चिमी मोर्चाम पठायो, जहाँ उनीहरुले जूनको शुरुमा एक अर्को अभियान शुरु गरे र आफ्ना सबै सैनिकहरुलाई पेरिसभन्दा ५६ किलोमिटर टाढा पुर्याए । यसले मित्र देशरुको चिन्ता बढ्यो ।’
उनी भन्छन्, ‘यस्तो अवस्थासँग लड्नका लागि पूर्वी मोर्चाहरुलाई अझ बलियो बनाउने काम शुरु भयो जसका लागि सेनाहरु रुस पठाइयो । यसको उद्देश्य जर्मनीलाई उसको सेना हटाउनदेखि रोक्नु वा बचेका सैनिकहरुलाई पेरिस आसपास राख्नका लागि जर्मनीलाई बाध्य पार्नु थियो ।’
थोमस भूड्रो विल्सनलाई यो सोँच मन परेन । र उनले केही महिनासम्म यसको विरोध गरे । तर, जूलाई १९१८ मा यसका लागि राजी भए, जब उनलाई बुझाइयोकी मित्र देशहरुले लाखौं डलरका हतियार र गोलाबारुद्ध रुसका लागि रवना गरेका छन् र यो सबै बोल्शेभिक र जर्मन सेनाको हात लाग्न सक्छ ।
लेखक नेल्सनका अनुसार अमेरिकी सेनाले रुसको भित्री मामिलामा दखल दिनुहुन्थेन । तर, जब उनीहरु रुस पुगे उनीहरुले दखल दिन शुरु गरे । उनी सम्झाउँछन्, ‘बेलायतीहरुका कारण यस्तो भयाmे जो रुसमा मित्र देशका सेनाहरुको नेतृत्व गरिरहेका थिए । उनीहरुलाई लाग्थ्यो, त्यहाँ बिद्रोहलाई टालदै बोल्शेभिकलाई हराउन सम्भव छ । बेलायतीहरुले चेक शासकहरुसँग सम्पर्क गर्न शुरु गरे र पू्र्व कैदिहरुसँग सम्पर्क गर्ने प्रयास गरे । जो साइबेरियाको पूर्वतर्फ थिए ।’
‘बेलायतीहरु उनीहरुलाई खोजेर, उनीहरुलाई फिर्ता बोलाएर सेन्ट पीट्सबर्ग र मस्कोका लागि हुने बोल्शेभिक मार्चको हिस बन्नका लागि तयार गर्ने, यसै तरकाले रुसी क्रान्तिलाई समाप्त गर्न सकिने छ ।’
उनी भन्छन्, ‘यसबारे थोमस भूड्रो विल्सनलाई जानकारी दिएन । उनलाई आशंकासमेत थिएन, उनका सैनिकहरुको महिनौसम्म कुन तरिकाले गलत प्रयोग भइरहेको छ । एक किसिमले भन्ने हो भने उनीहरु सैनिक प्रताडनको शिकार भएका थिए ।
एक अनुमानका अनुसार यस पूरा अभियानमा २३५ अमेरिकी सैनिको युद्धका क्रममा मृत्यु भएको जबकी ७० जनाको मृत्यु आर्चेन्जल पुग्ने यात्राका क्रममा विरामीबाट भएको थियो ।
जून १९१९ मा अमेरिका र मित्र देशरुबीच रुसबाट अमेरिकी सैनिक हटाउने र उनीहरुको स्थानमा बेलायती सैनिक तैनाथ गर्ने सहमति भयो । जून १९१९ मा अमेरिकी सेना अन्ततः आफ्नो घर फिर्ता हुँदै थियो । जब उनीहरु फिर्ता हुनका लागि कुरिहरेका थिए, त्यो बला आफुलाई सम्झिनका लागि एक शब्दको छनोट गरे – ‘पोलर बीयर्स’ । (बीबीसीबाट अनुवाद)
Facebook Comment