सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु, ४ घाइते
काठमाडौं । मकवानपुर, चितवन, धादिङ र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।
मकवानपुर, मनहरी गाउँपालिका १ मकरीस्थित सडकमा ‘अनटेष्ट’ लेखिएको बसको ठक्करबाट शुक्रबार साँझ पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय नकुल बहादुर बखतीको घटनास्थलमै मृत्यु भएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन, राप्ती नगरपालिका ५ भण्डारा चोकस्थित सडकमा ना ५ ख ३१६६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शुक्र चौधरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धादिङ, धुनिबेशी नगरपालिका ८ बाहुनडाँडास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल, नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ।
ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
सप्तरी, कंचनरुप नगरपालिका ११ बक्सहा चोकस्थित सडकमा बा।१६ च २२३५ नम्बरको पिकप बलेरो गाडी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका १ बस्ने ४० वर्षीय डाइल्स अधिकारीको उपचारको लागि अंचल अस्पताल राजबिराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका गाडीमा अन्य ४ जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लगिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comment