आगलागीबाट ६५ लाख ७० हजार बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । सुनसरी, दाङ र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगालगीबाट करिब ६५ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
सुनसरी, रामधुनी नगरपालिका ५ बस्ने प्रेम प्रसाद पौडेलको गोठमा शनिबार बिहान आगलागी भई नजिकै रहेको परालको टालीमा समेत आगलागी हुँदा गोठ र परालको टाली पूर्णरुपमा जलेर करिब २ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
दाङ, लमही नगरपालिका ५ कान्छी गल्ली बस्ने रबि आचार्यको रबि फर्निचर उद्योगमा बिद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा फर्निचर उद्योग पूर्णरूपमा जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
सिन्धुपाल्चोक, लिशंखुपाखर गाउँपालिका ७ पाखर बस्ने गोर्खाध्वज लामाको गोठमा शनिबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comment